समाजवादी मोर्चा घोषणा आज हुदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ४, २०८०
|
|
७१ पटक हेरिएको
Shares
समाजवादी मोर्चा घोषणा आज हुदै

सारांश

  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुँदै छ ।
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मोर्चामा आबद्ध हुने छन् ।
  • नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।

काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुँदै छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दल मोर्चामा आबद्ध हुने छन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरा स्वाभाविक भएको बताउनुभयो । संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “एकता राम्रो कुरा हो । राम्रो उद्देश्य बोकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लानुपर्छ भन्ने मान्यता मोर्चाको छ ।”

जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले समाजवादको उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता तयार गरिएको जानकारी दिनुभयो । मस्यौदामा सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ । उहाँले गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भएर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा नीतिगत सङ्कल्प भएको बताउनुभयो । नेता श्रेष्ठका अनुसार मोर्चामा सहभागी दलका नेताहरूले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । सोमबार केन्द्रीय मोर्चा घोषणा गरेपछि आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाइने छ । मोर्चाले केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको सचिवालय रहने छ ।

मोर्चामा हालसम्मका उपलब्धिको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समृद्धिका सवालमा पनि साझा धारणा बनाइएको छ । सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेद अन्त्य गर्ने सङ्कल्प गरिएको छ । मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख छ । यसैगरी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेशी, आदिवासी, जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्गलगायतका सीमान्तकृत समुदायको पहिचान, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।

समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्तममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्ने छ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी एवं निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्तियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

उहाँले आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश आदेश
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश आदेश
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु