बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

सारांश

  • निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ ।
  • आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
  • उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ।

५ असोज, (बागलुङ) । निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको छ ।आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । चट्याङ परेको खबरपाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ ।थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएकोउनले जानकारी दिए ।बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न