मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
१७ भदौ , पनौती नगरपालिका-५ ढलमलेमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने ६३ वर्षीय काजी बहादुर गुरूङको आइतबार बेलुकी मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपा हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment