२६ जेष्ठ २०८२, आईतवार

रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते

 

२ भदौ ,रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्।

जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान  पहिरो खस्दा  १  जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।  रोल्पा नगरपालिका (१) घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढामगरको मृत्यु भएको रोल्पाका डीएसपी भरत लामाले रातोपाटीलाई जानकारी दिए।  घटनामा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढामगर घाइते भएका छन् ।

गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?