राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता

सारांश

  • प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन प्रक्रिया आज सुरु हुँदैछ।
  • संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएका छन्।
  • उम्मेदवारको सूची सवा ४ बजे सार्वजनिक गरिनेछ भने बुधबार दिउँसो तीन बजे निर्वाचन हुँदैछ।

१० भदौ, काठमाडौं ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन प्रक्रिया आज सुरु हुँदैछ। संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएका छन्। उम्मेदवारको सूची सवा ४ बजे सार्वजनिक गरिनेछ भने बुधबार दिउँसो तीन बजे निर्वाचन हुँदैछ।

साउन २८ गते रामहरी खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएपछि समितिको सभापति पद रिक्त भएको थियो। समितिका सभापति पद निर्वाचन १५ दिनभित्र सम्पन्न गर्नुपर्ने संसद नियमावलीको व्यवस्था अनुसार नयाँ सभापति बुधबार चयन हुने प्रक्रिया अघि बढेको हो।

राज्य व्यवस्था समिति सभापति दलहरूको भागबन्डा अनुसार नेपाली कांग्रेसको भागमा परेको छ। तर, कांग्रेसले सभापतिको उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन। यही उद्देश्यले पार्टीले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?