Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
१२२ पटक हेरिएको
Shares
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता

सारांश

  • प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन प्रक्रिया आज सुरु हुँदैछ।
  • संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएका छन्।
  • उम्मेदवारको सूची सवा ४ बजे सार्वजनिक गरिनेछ भने बुधबार दिउँसो तीन बजे निर्वाचन हुँदैछ।

१० भदौ, काठमाडौं ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन प्रक्रिया आज सुरु हुँदैछ। संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएका छन्। उम्मेदवारको सूची सवा ४ बजे सार्वजनिक गरिनेछ भने बुधबार दिउँसो तीन बजे निर्वाचन हुँदैछ।

साउन २८ गते रामहरी खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएपछि समितिको सभापति पद रिक्त भएको थियो। समितिका सभापति पद निर्वाचन १५ दिनभित्र सम्पन्न गर्नुपर्ने संसद नियमावलीको व्यवस्था अनुसार नयाँ सभापति बुधबार चयन हुने प्रक्रिया अघि बढेको हो।

राज्य व्यवस्था समिति सभापति दलहरूको भागबन्डा अनुसार नेपाली कांग्रेसको भागमा परेको छ। तर, कांग्रेसले सभापतिको उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन। यही उद्देश्यले पार्टीले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
सर्लाही कांग्रेसका कार्यवाहक सभापति र एक क्षेत्रीय सभापतिले दिए राजीनामा
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
भोलि देशभरका भन्सार कार्यालय बन्द रहने
भोलि देशभरका भन्सार कार्यालय बन्द रहने
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन
कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन
मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने
मन्त्री र पार्टीका सांसदसँगको छलफलमा रवि लामिछाने
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए