Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान

सारांश

  • नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ ।
  • अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ ।
  • निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

२३ वैशाख, जनकपुरधाम ।

नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर -दिपन_ र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु