ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • युथ ओडीआई शृंखलाको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग बिहीबार फराकिलो हार व्यहोरेको छ ।
  • नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो ।
  • मूलपानी मैदानमा अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.

२१ चैत, काठमाडौं ।

युथ ओडीआई शृंखलाको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग बिहीबार फराकिलो हार व्यहोरेको छ । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो । मूलपानी मैदानमा अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रन बनाउँदा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाए पनि उनलाई अन्य ब्याटरले साथ दिएनन् ।

र नेपाल फराकिलो हार व्यहोर्न बाध्य भयो । यस्तै अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए । अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए । यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए । नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
राष्ट्रपति पौडेलसँग प्रचण्डको भेटवार्ता
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण