कोशी सरकारबाट बाहिरियो माओवादी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
७६ पटक हेरिएको
Shares
कोशी सरकारबाट बाहिरियो माओवादी

सारांश

  • नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएर संघमा सरकार बनाएपछि सुदूरपश्चिमबाहेक अन्य प्रदेशबाट माओवादी र एकीकृत समाजवादी सत्ताबाहिर पुगेका छन् ।
  • सुदूरपश्चिम प्रदेशमा पनि दीर्घ सोडारी नेतृत्वको सरकार ढल्ने सँघारमा छ ।
  • अहिलेसम्म माओवादी सरकारमै छ ।

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएर संघमा सरकार बनाएपछि सुदूरपश्चिमबाहेक अन्य प्रदेशबाट माओवादी र एकीकृत समाजवादी सत्ताबाहिर पुगेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि दीर्घ सोडारी नेतृत्वको सरकार ढल्ने सँघारमा छ । अहिलेसम्म माओवादी सरकारमै छ ।यता कोशीमा भने माओवादी सरकारबाट बाहिरिएको छ । ७१ दिन सरकारका सहभागी भएर माओवादी बाहिरिएको हो । केन्द्रमा नयाँ सरकार बने पनि कोशीमा एमाले र माओवादीकै सरकारमा थियो ।

हिकमतकुमार कार्की नेतृत्वको सरकारमा ७१ दिन मात्रै माओवादी सामेल भएको छ । शुक्रबार माओवादीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएसँगै अब काँग्रेसलाई सरकारमा जाने बाटो खुल्ला भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?