विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ ।
  • सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन् ।

१४ मंसिर, काठमाडौं ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन् ।

‘पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ । उहाँले किन धम्की दिनुभयो । यसको पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौं,’ सीआईबी स्रोतले भन्यो । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ । ‘प्रसाईंको नाममा पनि धम्की आएको भन्ने गुनासो थियो । अहिले झापाकै मान्छे पक्राउ परेकाले यस विषयमा थप गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सीआईबीका एक अधिकृतले भने । जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक-पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो