Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

सारांश

  • मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।
  • खासगरी कोजाग्रत पूर्णिमा आज मिथिलावासीका लागि विशेष मानिन्छ ।
  • यो अवसरमा महोत्तरीको रतौली गाउँबाट पुस्तौ पुस्तादेखि एक परिवारले जानकी मन्दिरमा भार (कोसेली) पठाउँदै आएको छ ।

२१ असोज, जनकपुर ।

मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ । खासगरी कोजाग्रत पूर्णिमा आज मिथिलावासीका लागि विशेष मानिन्छ । यो अवसरमा महोत्तरीको रतौली गाउँबाट पुस्तौ पुस्तादेखि एक परिवारले जानकी मन्दिरमा भार (कोसेली) पठाउँदै आएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्ष अगाडि कोजाग्रत पूर्णिमा मनाउन भार पठाउने परम्परा सुरु गरेका थिए ।

भार पठाउने परम्परालाई कायम राख्दै ठाकुरकै परिवारका तीन घरबाट यस वर्ष पनि भार पठाइएको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिए । उनका अनुसार स्व. ठाकुरको घरबाट दही च्यूरा, फलफूल र विभिन्न खालका मिठाई, पान र मखान सहितका परिकार तथा लत्ता कपडा कोसेलीको रूपमा आएको छ । दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने मिथिलामा चलन छ । सोही चलन अनुसार स्व.ठाकुरले माता सीतालाई छोरी मानेर जानकी मन्दिरमा आजको दिन कोसेली पठाउन सुरु गरेका थिए ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज माता जानकीको विशेष पूजाअर्चना गर्ने तयारी छ । रतौलीबाट आएको कोसेली प्रसादको रूपमा चढाइन्छ । माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर नाचगान र पूजा गर्ने परम्परा रहेको छ । त्रेता युगमा भगवान् श्रीकृष्णले यसै दिन रासलीला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत वर्षा हुने मान्यता पनि छ । त्यसैले मिथिलावासीहरू आजकै राति मखानलगायतका बस्तुबाट खीर बनाएर आफ्नो छतमा राखी बिहानपल्ट प्रसादको रूपमा खाने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा
ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा