संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।
  • संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो शुरू प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत माग्नका लागि सम्बोधन गरिरहेका छन् ।
  • प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा रहेका सबै दलका प्रतिनिधिले विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिनेछन् ।

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो शुरू प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत माग्नका लागि सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा रहेका सबै दलका प्रतिनिधिले विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिनेछन् । छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि संसद्‌मा मत विभाजन गरेर विश्वासको मत संकलन गरिने छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका अतिरिक्त सत्तासाझेदार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा लगायतका दलले ओलीलाई विश्वासको मत दिने बताएका छन् ।

कांग्रेस र एमालेको मत नै सुविधाजनक बहुमत भए पनि ओलीले केही साना दलको समेत भोट लिएर दुई तिहाइको समर्थन जुटाउन कोशिश गरिरहेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । ओलीको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदलाई ह्विप लगाएको छ । राप्रपाले पनि ओलीको विपक्षमा मतदान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री