धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सारांश

  • धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
  • बिहीबार दिउँसो साढे २ बजे धादिङको रोराङ गाउँपालिका-१० स्थित पानीधारा भन्‍ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
  • उनका अनुसार पहिरो पन्छाउन करिब १ घण्टा लाग्‍नेछ ।

२७ असार, चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार दिउँसो साढे २ बजे धादिङको रोराङ गाउँपालिका-१० स्थित पानीधारा भन्‍ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउन करिब १ घण्टा लाग्‍नेछ ।

बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको थियो भने जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ: प्रसाईं
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन