२६ जेष्ठ २०८२, आईतवार

मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले एमबीबीएस कार्यक्रमबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र रजिस्ट्रार डा.बिनोद यादवसंग छलफल गरेका हुन् ।

उपकुलपति डा. साहले भने, ‘छलफलका क्रममा मुख्यमन्त्री सिंहले जे सहयोग गर्नुपर्छ गर्छौं । तत्कालै एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्यो भन्नुभएको छ ।’

एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसंग अनुमती लिनुपर्छ र त्यसका लागि डकुमेन्ट पठाइसकेको उपकुलपति डा. साहले बताए । उनले भने, ‘२/४ दिनभित्रै आयोगका टोली निरीक्षणका लागि आउन सक्छ ।’

उनले मुख्यमन्त्री ज्यूले भौतिक संरचनासहित सबै कामका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने आश्वासन पनि दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?