आज संवैधानिक परिषद्को बैठक बस्दै।
आज संवैधानिक परिषद्को बैठक बस्दै।
काठमाडौं।
आज सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बैठक आज साँझ ६ बजे बस्नेछ । बैठकमा लामो समयबाट रिक्त रहेको सर्वोच्च अलादतको प्रधानन्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक अन्तिम समयमा आएर रोकिन पुगेको थियो । विधेयकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार दिने लगायतका बुँदा थप गरेर ल्याइएको भन्दै संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि उक्त विधेयक फिर्ता भयो । आजको बैठकमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षि दलका नेतालगायत सहभागी हुनेछन् ।