विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत

सारांश

  •  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।
  • सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
  • यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए ।

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।

सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

जसअनुसार सभामुखले मत विभाजन गर्दा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्‍यो  । कांग्रेससहित विपक्षी सांसदहरु भने मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रहे ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा)  नेपाल  विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु  परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
गभर्नर पौडेलविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा