बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवेदन
सारांश
- बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् ।
- स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्।
- उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्मा रहन्छ ।
३ मंसिर, काठमाडौं ।
बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्मा रहन्छ । मन्त्रिपरिषद्ले आफ्नो पूरानै निर्णयलाई सदर गरेमा दाहालको अदालत जाने बाटो खुल्छ । अहिले भने सोझै अदालत जान नमिल्ने भएकाले उनले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले बतायो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया