आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान

सारांश

  • न्यू अर्लिन्समा एक फिदाइन ट्रक चालकले नयाँ वर्षको उत्सवलाई शोकमा परिणत गरिदिएका थिए ।
  • ती ट्रक चालकले नयाँ वर्षको उत्सव मनाउने भीडमा ट्रक चलाएका थिए, जुन घटनामा १५ जनाको ज्यान गइसकेको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।
  • आक्रमणकारी ट्रक चालकलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानेर मारेका छन ।

 

१९ पुस, वासिङ्टन- नयाँ अर्लिन्स, नयाँ बर्ष २०२५ को को पहिलो दिन अमेरिकाको लागि डरलाग्दो बनेर बित्यो । न्यू अर्लिन्समा एक फिदाइन ट्रक चालकले नयाँ वर्षको उत्सवलाई शोकमा परिणत गरिदिएका थिए । ती ट्रक चालकले नयाँ वर्षको उत्सव मनाउने भीडमा ट्रक चलाएका थिए, जुन घटनामा १५ जनाको ज्यान गइसकेको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।

आक्रमणकारी ट्रक चालकलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानेर मारेका छन । नयाँ वर्षमा उत्सव मनाइरहेका समूहमा ट्रक चलाउनेको नाम शमसुद्दीन जब्बारका रुपमा खुलेको छ । न्युयोर्क टाइम्ससँग कुरा गर्दै जब्बारका २४ वर्षीय भाइ अब्दुर जब्बारले शमसुद्दिन जब्बार सानै उमेरमा इस्लाम धर्मावलम्बीमा परिणत भएका थिए। तर, शमसुद्दिनका भाइले दाजुले गरेको अपराध इस्लामको प्रतिनिधित्व नभएको बताएका छन । अब्दुरले भने, ‘यो धार्मिक काम होइन, एक प्रकारको कट्टरता भने हो।’

अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार जब्बारको ट्रकमा आइएसआईएसको झण्डा फहराएको भेटिएको छ । समाचारअनुसार अमेरिकामा जन्मिएका जब्बार पूर्व अमेरिकी सैनिक हुन् । ट्रेलर पार्कस्थित स्थानीय मस्जिदनजिकैको उनको घरमा केही अनौठा कुरा प्रहरीले फेला पारेको छ । उनले आफ्नै घरमा भेडा र बाख्राका लागि खोर बनाएका थिए । अमेरिकी अधिकारीका अनुसार ४२ वर्षीय शमसुद्दीन जब्बारले यो घटना गराउनेने इभी ट्रकमा आतंकवादी संगठन आईएसआईएसको झण्डा पनि राखिएको भेटिएको थियो ।  यस्तो अवस्थामा अमेरिकी गुप्तचर एजेन्सीले यो घटनालाई आतंकवादी हमलासँग जोडेर हेरिरहेका छन् । अमेरिकी नागरिक शमसुद्दिन जब्बारले इस्लामिक स्टेटको झण्डा फहराउँदै लुइसियानामा नयाँ वर्ष मनाउने मानिसहरूमाथि सेतो फोर्ड पिकअप ट्रक दौडाएका थिए । अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । अरु धेरै घाइते भएका छन् ।

प्रख्यात बोरबोन स्ट्रिटनजिकैको आक्रमणमा धेरै व्यक्ति घाइते भएका बताउँदै अधिकारीहरूले भने, ‘यो घटनाले सहरलाई स्तब्ध बनाएको छ, जसले हलचल भएको फ्रान्सेली क्वार्टरमा सुरक्षा उपायहरू अपनाउँदैछ।’भीडमा ट्रक जोतेपछि जब्बारले गोलीसमेत चलाएका थिए । यस क्रममा दुई प्रहरी घाइते भएका छन् । अमेरिकी प्रहरीको जवाफी कारबाहीमा जब्बारको मृत्यु भएको छ । अमेरिकी प्रहरीका अनुसार यो आत्मघाती हमला हो । खासमा, जब्बारले सकेसम्म धेरैलाई मार्ने प्रयासस्वरूप भीडमा ट्रक जोतेका थिए । अमेरिकी अधिकारीका अनुसार उनले ट्रक सेयरिङ एप टुरोबाट भाडामा लिएका थिए । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले यो घटनालाई आतंकवादी हमलासँग जोडेर अनुसन्धान गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जब्बारले आफ्नो आईएसआईएससँगको सम्बन्धलाई औंल्याएको भिडियो अनलाइन सेयर गरेको जनाइसकेका छन् ।

पिकअप ट्रकमा इस्लामिक स्टेटको कालो झण्डा फहरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ट्रकबाट विस्फोटक पदार्थ पनि बरामद भएको छ । को हुन् जब्बार ? एफबीआईका अनुसार आक्रमणकारी ४२ वर्षीय शमसुद्दिन जब्बारले अमेरिकी सेनामा काम गरेको अनुभव थियो । पेन्टागनका अनुसार जब्बारले सेनामा मानव संशाधन विशेषज्ञ र सूचना प्रविधि विशेषज्ञका रूपमा १० वर्ष काम गरेका थिए । जब्बार सन् २००९ देखि २०१० सम्म अफगानिस्तानमा तैनाथ भएका थिए । जब्बारले जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटिङमा डिग्री हासिल गरेका थिए । उनी ह्युस्टन, टेक्सासमा बस्थे। उनीसँग रियल स्टेट एजेन्टका रूपमा काम गरेको अनुभव पनि थियो । जब्बारका अन्य सहयोगी भए नभएकोबारे एफबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
गाजामा भएको इजरायली आक्रमणमा १६ जना मारिए
गाजामा भएको इजरायली आक्रमणमा १६ जना मारिए
पाँच वटा संसदीय समितिकोे बैठक बस्दै
पाँच वटा संसदीय समितिकोे बैठक बस्दै
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान