कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
७९ पटक हेरिएको
Shares
कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक

सारांश

  • सोमबार बिहान १० बजे केन्द्रीय समिति बैठक बस्ने र लगत्तै बन्दसत्र सुरु हुने एक नेताले जानकारी दिए।
  • उद्घाटन समारोह गरकै स्थान खुलामञ्चमै बन्दसत्र सञ्चालन गर्ने तयारी कांग्रेसले अघि बढाएको छ।
  • सात हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुने कांग्रेसले जनाएको छ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ।

सोमबार बिहान १० बजे केन्द्रीय समिति बैठक बस्ने र लगत्तै बन्दसत्र सुरु हुने एक नेताले जानकारी दिए।

उद्घाटन समारोह गरकै स्थान खुलामञ्चमै बन्दसत्र सञ्चालन गर्ने तयारी कांग्रेसले अघि बढाएको छ। सात हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुने कांग्रेसले जनाएको छ।

सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेस) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने तयारी छ।

बन्दसत्र सकिएलगत्तै सोमबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी कांग्रेसले अघि बढाएको छ।

निर्वाचन समितिका संयोजक प्रेम खड्काका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुने छ। ५ बजेदेखि ६स्३०  बजेसम्म मतदाता नामावलीउपर दाबीविरोधको समय तोकिएको छ। आइतबार राति ८स्३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने कांग्रेसले जनाएको छ।

अपराह्न ४ ३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४स्३० देखि साँझ ५स्३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ।

मतदान कार्यक्रम भने राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा गर्ने तयारी छ। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एनपीएलको अक्सन आज हुदै
एनपीएलको अक्सन आज हुदै
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह