म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
९५ पटक हेरिएको
Shares
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु

सारांश

  • बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारणलाइन मर्मत सुरु गरिएको छ ।
  • यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनको चारवटा टावर ढलेको थियो ।
  • टावर ढल्दा लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ ।

१६ असोज, म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारणलाइन मर्मत सुरु गरिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनको चारवटा टावर ढलेको थियो । टावर ढल्दा लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ ।

यस्तै, म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन नपाउँदा करोडौँको नोक्सानी भएको छ । विद्युत् अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर परेको छ ।

अन्नपूर्ण गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडा तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले प्रसारणलाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक लाइन सञ्चालनको तयारी गरेको जानकारी दिए ।

‘दाना सबस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारणलाइन मर्मत थालेका छौँ,’ उनले भने, ‘उक्त प्रसारणलाइनको म्याग्दी खण्डमा पनि धेरै ठाउँमा क्षति पुगेकाले मर्मतका लागि प्राधिकरणका कर्मचारीका साथै ठेकेदारमार्फत मजदुर परिचालन गरेका छौं ।’

मुस्ताङको प्रसारणलाइन र वितरण लाइनमा समस्या नभएको स्थलगत निरीक्षण गरेर फर्केका चापागाईँले बताए ।

तातोपानीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म ढलेका पोल गाड्ने, चुडिएका र लत्रिएका तार हटाएर नयाँ तान्ने काम सकिएको छ । घारमा एक वटा, राखुदेखि बेगखोला जोड्ने चारवटा प्रसारणलाइनको पोल ढलेका छन् ।

बेगखोला र तिप्ल्याङको बीचमा एक किलोमिटर ५०० मिटर दूरीमा पोल र तार पूरै कालीगण्डकीको बाढीले बगाएको छ । सडक यातायात सञ्चालन नभएकाले विद्युत् लाइन मर्मतका लागि सामग्री ढुवानीमा समस्या भएको छ ।

प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामान ल्याएर बेनी हुँदै राखुसम्म सवारीसाधनमार्फत लैजाने र त्यहाँदेखि बेगखोला क्षेत्रमा भरिया लगाएर ढुवानी गरिएको छ ।

प्रसारणलाइन मर्मतको काम तीव्रगतिमा अगाडि बढाइएको वितरण केन्द्र प्रमुख चापागाईँले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारसँग चार बुँदे सहमतिपछि आमरण अनशन स्थगित
चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमान
चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमान
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय