ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्‍को अवरोध खुलाइदिन ओलीको आग्रह

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् ।
  • माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।
  • मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

१४ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् । माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।

मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन । बिहीबार १५ जेठ बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।

‘बजेट संविधान र जनतासँग जोडिएकाले बजेट ल्याउन दिन्छौं तर भिजिट भिसामा गृहमन्त्रीको सचिवालयसमेत जोडिएकाले उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रचण्डले ओलीलाई यस विषयमा विहीबार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी पनि गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
प्रचण्डले खोले नेकपाको खाता, रुकुमपूर्वबाट भारी मतान्तरले विजयी,रास्वपा चौथो
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
भारतको कश्मीरमा भएको हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै