विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
६९ पटक हेरिएको
Shares
विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद

सारांश

  • विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
  • यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो ।
  • त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, करेन्ट, भोलाहरू बरामद भएको प्रहरीले बताएको छ ।

 

७ असोज, काठमाडौं ।

विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, करेन्ट, भोलाहरू बरामद भएको प्रहरीले बताएको छ ।

विभिन्न ब्राण्डका ७२० प्याकेट चुरोट र जित, सुपर पावर, भोला, मेघाश्री, करेन्ट गरी ६९ पोका बरामद भएको प्रहरीले बताएको छ ।बरामद सामान विमानस्थल भन्सारमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?