आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
९३ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
  • साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।

 

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ। हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भुभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भईरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, मधेश प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
त्रिभुवन विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
खानेपानी मन्त्री यादव भारत प्रस्थान
खानेपानी मन्त्री यादव भारत प्रस्थान
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाउन चाहेका हौं : प्रधानमन्त्री
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै