हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ३, २०८३
|
|
१३० पटक हेरिएको
Shares
हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् ।
  • संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् ।
  • ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।

३ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् । ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिक्रियावादीहरूसँग एमाले पञ्जा लडाउन तयार रहेको पनि बताए । ‘हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं,’ उनले भने, ‘फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्ने छौं ।’

प्रतिगमनले एकछिन जिने पनि सत्यले सधैंका लागि जित्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिले पार्टीविरूद्ध हमला भइरहेको पनि बताए । ओलीले आसन्न केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताको सुत्रमा बाँध्ने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता