Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
१३४ पटक हेरिएको
Shares
आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो

सारांश

  • नेपाल प्रेस काउन्सिलले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान थालेको छ।
  • काउन्सिलले सोमबार सूचना जारी गर्दै रसुवाको बाढीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको घटनाबारे अध्ययन तथा अनुगमन सुरु गरिएको जनाएको हो।
  • काउन्सिलका अनुसार माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग आईसीयूभित्रै अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ युट्युब च्यानलमार्फत प्रसारण गरिएको सामग्रीबारे अनुसन्धान भइरहेको छ।

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान थालेको छ।

काउन्सिलले सोमबार सूचना जारी गर्दै रसुवाको बाढीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको घटनाबारे अध्ययन तथा अनुगमन सुरु गरिएको जनाएको हो।

काउन्सिलका अनुसार माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग आईसीयूभित्रै अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ युट्युब च्यानलमार्फत प्रसारण गरिएको सामग्रीबारे अनुसन्धान भइरहेको छ। साथै, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएका एक पदप्रदर्शकलाई उद्धार गरेपछि अस्पतालको आईसीयूबाटै अन्तर्वार्ता लिइएको विषयमा पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

यस क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिललाई ध्यानाकर्षण पत्र पठाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलले दुवै घटनाबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन र अनुगमन भइरहेको उल्लेख गरेको छ। काउन्सिलका अनुसार अनुसन्धानको निष्कर्षपछि आवश्यक निर्णय गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
फाइनल खेलमा एपीएफसामु जितका लागि ६८ रनको लक्ष्य
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने