१२ श्रावण २०८२, आईतवार

औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

११ वैशाख, धादिङ। रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज आगलागी भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा मंगलबार बिहान ट्रकमा एक्कासि आगो लागेको हो ।  केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए । गुड्दा गुड्दै एक्कासि आगो सल्किएको हो । आगलागीका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?