Press 4K
आइतबार, ९ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
५१५ पटक हेरिएको
Shares
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
  • भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भार तीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।
  • गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो।

 

१० वैशाख,रौतहट ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भार तीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ (फल्स क्याबिन) बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् । प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
भारतमा रेलबाट खसेर पाँच जनाको मृ*त्यु
भारतमा रेलबाट खसेर पाँच जनाको मृ*त्यु
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...