नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
७३ पटक हेरिएको
Shares
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
  • सुडीसँगै उनको श्रीमती सुमिन्त्रादेवी साहविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

 

९ भदौ, काठमाडौं ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्वेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। सुडीसँगै उनको श्रीमती सुमिन्त्रादेवी साहविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार सुडीले भूमिसुधार तथा व्यवस्था मन्त्रालय, काठमाडौँमा अमिन पदमा अस्थायी नियुक्ति लिएको मिति २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरेर अनुसन्धान गरिएको थियो। सो समयमा उनले पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, सुन बिक्रीलगायतका आय गरी ६ करोड ३ लाख ८५ हजार ३० रूपैयाँ वैधानिक आर्जन गरेको देखिएको अख्तियारको भनाइ छ। सोही जाँच अवधिमा जग्गा, सवारी साधन, अध्ययन खर्च, बैंक मौज्दात, ऋण/सापटी दिएको लगानी रकमलगायत गर्दा ९ करोड ७५ लाख ६९ हजार ५८१ रूपैयाँ व्यय लगानी देखिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार कुल वैधानिक आयबाट व्यय घटाउँदा ३ करोड ७१ लाख ८४ हजार ५५१ रूपैयाँको स्रोत पुष्टि नभएकाले मुद्दा दायर गरिएको हो। साथै गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति सुडीले आफ्नी श्रीमतीको नाममा समेत रहेकाले सुमिन्त्रादेवी साहलाई पनि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?