९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
४७ पटक हेरिएको
Shares
९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै

सारांश

  • जाजरकोटको नलगाड नगरपालिका-१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ।
  • बाढीले सडकसँगै पुल तथा चारवटा घर बगाएपछि अवरुद्ध भएको जाजरकोट-डोल्पा सडकखण्ड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले मर्मत तथा निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो।
  • ताक्सुगाडमा आएको बाढीले सडक ,पुल तथा घर बगाएको थियो ।

७ भदौ, जाजरकोट ।

जाजरकोटको नलगाड नगरपालिका-१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ। बाढीले सडकसँगै पुल तथा चारवटा घर बगाएपछि अवरुद्ध भएको जाजरकोट-डोल्पा सडकखण्ड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले मर्मत तथा निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो। ताक्सुगाडमा आएको बाढीले सडक ,पुल तथा घर बगाएको थियो । बाढीले सडक संरचनामा क्षति पुर्‍याउनुका साथै पुलसमेत बगाएपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए।

नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोरले तत्काल सडक मर्मतको काम अघि बढाएर यातायात सञ्चालन गर्न मिल्ने बनाएको हो। सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन्।

लामो समयदेखि सडक अवरुद्ध हुँदा समस्यामा परेका यात्रु तथा स्थानीयलाई सडक खुलेपछि केही राहत मिलेको नलगाड १२ का तेजबहादुर विकले बताए ।

बाढीका कारण ताक्सुगाडमा सडक र पुलमा मात्रै क्षति पुगेको छैन। रोली ज्यूलामा ल्याइएको नहरमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ । नहर क्षतिग्रस्त भएपछि स्थानीयको सिँचाइ सुविधामा समेत असर परेको छ।

नहर पुनर्निर्माणका लागि नगरपालिकाले लागत अनुमान तयार गरी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत निर्माण गर्ने तयारी गरेको नगरप्रमुख डम्बर रावतले जानकारी दिए।

उनका अनुसार बाढीका कारण क्षतिग्रस्त भएका संरचनाको तत्काल मर्मतसँगै दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण गर्न आवश्यक रहेको छ। वर्षायाममा पानीको बहाव बढ्दा सडक तथा नहरमा पटक-पटक क्षति हुने भएकाले आगामी दिनमा बाढीको जोखिमलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने नगरपालिकाको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक