रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
१२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

सारांश

  • सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइने भएको छ ।
  • सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गर्न लागेको हो ।
  • म्याद थप भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

९ मंसिर, काठमाडाै‌ं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गर्न लागेको हो । म्याद थप भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।लामिछानेविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आज म्याद थप थपेर क्रमशः

उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बुझिएको छ ।काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
हरी उपरीक्षक सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु