रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
९६ पटक हेरिएको
Shares
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
  • रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन् ।
  • यो बैठक सिंहदरबारस्थित कार्यालयमा रास्वपा संसदीय दलको बैठक जारी छ ।

 

३ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन् । यो बैठक सिंहदरबारस्थित कार्यालयमा रास्वपा संसदीय दलको बैठक जारी छ । संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भने सहभागी भएनन्। रास्वपाको बैठक सिंहदरबारमा जारी रहेकोले प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।

दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अझै सुरु भएको छैन । आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।रास्वपा संसदीय दलले नै संसद् बैठकमा समयमै उपस्थित हुन सांसदहरूलाई केही दिन अगाडि निर्देशन जारी गरेको थियो । तर बुधबार रास्वपाकै बैठक लम्बिएका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो ।रास्ववपा संसदीय दलले गरेको निर्देशनअनुसार संसद् बैठकमा समयमै उपस्थित हुन नसक्दा गुगल फर्म भनुपर्छ । अनुपस्थित हुनुको कारण र प्रमाण पनि अपलोड गर्नुपर्ने हुन्छ ।निर्धारित समयभन्दा बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा पनि फर्म भर्नुपर्ने गरी रास्वपाले गुगल फर्म तयार गरेको हो ।रास्वपाका नेताहरू यो गुगल फर्मको उदेश्य मुख्यतः संसद् बैठकमा उपस्थितिका विषयमा थप जवाफदेही बनाउने रहेको छ । यसअनुसार बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण एकीकृत गर्न लागिएको हो ।

सांसदहरूको संसद् उपस्थितिलाई हाजिरीको विषयका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजिएको नेताहरू बताउँछन् ।२६ साउनको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या कोरम नपुगेर बैठक नै स्थगित हुन पुगेको थियो । जसका कारण सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया समेत रोकिन पुगेको थियो ।प्रतिनिधि सभामा १८२ जना सांसद त रास्वपाकै छन् । सदनको बिजनेसलाई सहज रुपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ । तर २६ साउनको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने आवश्यक गणपूरक संख्या ६९ समेत पुगेन ।यो पृष्ठभूमिमा रास्वपाले सांसदका गतिविधि नियाल्न गुगल फर्म नै बनाएर अगाडि बढाएको हो ।तर बुधबार रास्वपा संसदीय दलले गरेको निर्देशन रास्वपाकै बैठक लम्बिएका कारण लागू हुन सकेन । उक्त निर्देशनअनुसार बुधबार बैठकमा ढिला उपस्थित भएका कारण रास्वपाका सबै सांदिले फर्म भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा
झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
धोबीखोलामा कार दुर्घटना
धोबीखोलामा कार दुर्घटना
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने