जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी

सारांश

  • जेन जी आन्दोलनको क्रममा भौतिक संरचनामा पुगेको क्षतिको अहिलेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमा दावी भएको छ ।
  • नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ ।
  • नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ ।

४ असोज, काठमाण्डौँ ।

जेन जी आन्दोलनको क्रममा भौतिक संरचनामा पुगेको क्षतिको अहिलेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ ।

बीमा गरेका गाडी तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ । वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याँकन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाइ दावी प्रक्रिया सहज बनाउन अपिल गरेका छन्।साथै, बीमा कम्पनीले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?