Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
६३ पटक हेरिएको
Shares
मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

सारांश

  • त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।
  • मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
  • त्रिविका रजिस्ट्रार महानन्द चालिसेले भने, ‘हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेका छौं ।

 

१५ साउन, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिविका रजिस्ट्रार महानन्द चालिसेले भने, ‘हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेका छौं ।’

त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् । यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् । यी बाहेकका अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने त्रिविका सहायक डीन डा. भरत राईले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट
कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिय : उम्मेदवारी दर्ता १ बजेबाट
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ