विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
३७ पटक हेरिएको
Shares
विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

सारांश

  • नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई विदेशी मुद्रासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
  • आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका निगमका दुई कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

 

१ भदौ , काठमाडौं ।

नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई विदेशी मुद्रासहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका निगमका दुई कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

उनका अनुसार उनीहरूको साथबाट तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा फेला परेको थियो। ‘विदेशी मुद्रा पाँच हजार अमेरिकी डलरसम्म लैजान पाइन्छ। तर उहाँहरूसँग निर्धारित सीमाभन्दा बढी रकम देखिएकाले नियन्त्रणमा लिएका हौं,’ एसपी सिलवालले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ र विस्तृत विवरण पछि सार्वजनिक गर्छौं।’ प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय सार्वजनिक गरेको छैन। उनीहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?