जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
२४४ पटक हेरिएको
Shares
जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो

सारांश

  • जापानका आपत्‌कालीन उद्धारकर्मीहरूले मंगलबार गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या २८ पुगेको बताएका छन्।
  •   भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट थप चार जनाको शव निकालिएपछि मृतकको संख्या २८ पुगेको हो।
  •   मलबाट दश जनालाई बाहिर निकाल्न सफल भए पनि तीमध्ये चार जनाको मृत्यु भएको कुमामोटो अधिकारीहरूले जानकारी दिएका हुन्।

१४ साउन, जापान ।

जापानका आपत्‌कालीन उद्धारकर्मीहरूले मंगलबार गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या २८ पुगेको बताएका छन्।  भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट थप चार जनाको शव निकालिएपछि मृतकको संख्या २८ पुगेको हो।  मलबाट दश जनालाई बाहिर निकाल्न सफल भए पनि तीमध्ये चार जनाको मृत्यु भएको कुमामोटो अधिकारीहरूले जानकारी दिएका हुन्। उद्धार गरिएका पाँच जनालाई चोट लागेको दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

भूकम्पले भत्किएको सपिङ मलमा फसेका मानिसहरूलाई बचाउने प्रयास भइरहेको आपत्‌कालीन उद्धारकर्मीहरूले बताएका छन्।  जापानमा गत मंगलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो।  भूकम्पका कारण आवासीय घर तथा पुल भत्किनुका साथै दशौँ हजार बासिन्दा बिजुली र पानीको सुविधाबाट बञ्चित भएका छन्। भूकम्पपछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेटपछि ठुलो विस्फोट हुँदा धेरै कर्मचारी अझै भित्र रहेको आशंका गरिएको छ। यात्सुसिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ। प्रशान्त “रिङ अफ फायर“को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटमाथि रहेको जापान विश्वको सबैभन्दा भूकम्पीय जोखिम भएका देशमध्ये एक हो। कुमामोटो सन् २०१६ मा दुईवटा भीषण भूकम्प जाँदा २७३ जनाको मृत्यु भएको थियो भने ८०० भन्दा बढी घाइते भएका थिए। सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प जाँदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
बीपी राजमार्गमा आजदेखि यातायात सञ्चालन हुने
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना