Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
२५२ पटक हेरिएको
Shares
जापान भूकम्प अपडेट: मृ*तकको संख्या २८ पुग्यो

सारांश

  • जापानका आपत्‌कालीन उद्धारकर्मीहरूले मंगलबार गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या २८ पुगेको बताएका छन्।
  •   भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट थप चार जनाको शव निकालिएपछि मृतकको संख्या २८ पुगेको हो।
  •   मलबाट दश जनालाई बाहिर निकाल्न सफल भए पनि तीमध्ये चार जनाको मृत्यु भएको कुमामोटो अधिकारीहरूले जानकारी दिएका हुन्।

 

१४ साउन, जापान ।

जापानका आपत्‌कालीन उद्धारकर्मीहरूले मंगलबार गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या २८ पुगेको बताएका छन्।  भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट थप चार जनाको शव निकालिएपछि मृतकको संख्या २८ पुगेको हो।  मलबाट दश जनालाई बाहिर निकाल्न सफल भए पनि तीमध्ये चार जनाको मृत्यु भएको कुमामोटो अधिकारीहरूले जानकारी दिएका हुन्। उद्धार गरिएका पाँच जनालाई चोट लागेको दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

भूकम्पले भत्किएको सपिङ मलमा फसेका मानिसहरूलाई बचाउने प्रयास भइरहेको आपत्‌कालीन उद्धारकर्मीहरूले बताएका छन्।  जापानमा गत मंगलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो।  भूकम्पका कारण आवासीय घर तथा पुल भत्किनुका साथै दशौँ हजार बासिन्दा बिजुली र पानीको सुविधाबाट बञ्चित भएका छन्। भूकम्पपछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेटपछि ठुलो विस्फोट हुँदा धेरै कर्मचारी अझै भित्र रहेको आशंका गरिएको छ। यात्सुसिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ। प्रशान्त “रिङ अफ फायर“को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटमाथि रहेको जापान विश्वको सबैभन्दा भूकम्पीय जोखिम भएका देशमध्ये एक हो। कुमामोटो सन् २०१६ मा दुईवटा भीषण भूकम्प जाँदा २७३ जनाको मृत्यु भएको थियो भने ८०० भन्दा बढी घाइते भएका थिए। सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प जाँदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ
छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट