आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।
  • कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
मधेश प्रदेश मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेश मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ