३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
६३ पटक हेरिएको
Shares
३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

सारांश

  • अघिल्लो कारोबार दिन ७.
  • ९० अंक बढेको सेयर बजार सोमबार ३३.
  • २८ अंक घटेको छ ।

११ साउन, काठमाडौं ।

अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ । कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो ।

आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ५ को स्थिर रह्यो । आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो । त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे ।हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै गोर्खाज फाइनान्सको ३.८६, धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढ्यो ।

आत्मनिर्भर लघुवित्तको १३.३८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३, कालंगा हाइड्रोपावरको ८.५२, सालपा विकास बैंकको ८.१९ तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक, सेन्ट्रल फाइनान्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई बर्खास्त गर्नुका १० कारण
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै