आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
  • देशभर साधारणतया बादल लागेको छ ।

काठमाडौं ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर ह*त्या
पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो
पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान