रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ।
  • बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
  • सहमहामन्त्री हरि ढकालले पार्टी विधानअनुसार तीनवटै आयोग पहिलो बैठकबाटै गठन हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको जानकारी दिए।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

सहमहामन्त्री हरि ढकालले पार्टी विधानअनुसार तीनवटै आयोग पहिलो बैठकबाटै गठन हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको जानकारी दिए। उनले भने, ‘हाम्रो विधानअनुसार पहिलो बैठकबाट नै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त रहन हुँदैन। त्यसैले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टिमलाई दिएर अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेका छौँ।’ ढकालका अनुसार बैठकले हालै सम्पन्न महाधिवेशन सफल बनाउन खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, केन्द्रीय समितिको बैठकले पार्टीका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ। सहमहामन्त्री निशा डाँगीले रिक्त रहेका पदमा मनोनयन गर्ने अधिकार पार्टीले सभापति लामिछानेलाई सुम्पिसकेको बताइन्। उनले भनिन्, ‘बाँकी केन्द्रीय सदस्यहरू मनोनयन गर्ने जिम्मेवारी हामी सबैले पार्टी सभापतिलाई सुम्पिसकेका छौँ। उहाँले क्रमशः मनोनयन गर्नुहुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना