करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १३, २०८२
|
|
३० पटक हेरिएको
Shares
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

सारांश

  • रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ ।
  • रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।
  • करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् ।

१३ पुष, रौतहट ।

रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ । करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् ।

धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय र खर्च दुवै बढ्ने बताए । सरकारको यो निर्णयले मर्कामा परेको भन्दै तत्काल फिर्ता लिन उनले आग्रह समेत गरे। गौरबाट कार्यालय हटाउँदा करदाताहरूले सेवाका लागि अन्य जिल्ला धाउनुपर्ने र आर्थिक भार बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । धर्नामा बसेका अर्का नेता रेवन्त झाले सरकारले सेवालाई विकेन्द्रीकरण गर्न खोजेको आरोप लगाए । सरकारले कार्यालय हटाउने निर्णय तत्काल फिर्ता नलिए थप सशक्त र चरणबद्ध आन्दोलन गर्ने चेतावनी रौतहट उद्योग वाणिज्य संघले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चीनको एक रासायनिक प्लान्टमा विष्फोट, कम्तिमा पाँचजनाको मृ*त्यु
चीनको एक रासायनिक प्लान्टमा विष्फोट, कम्तिमा पाँचजनाको मृ*त्यु
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु