दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२२ पटक हेरिएको
Shares
दुई दिनमै नेप्सेले गुमायो १०७ अंक, कारोबार रकममा पनि गिरावट

सारांश

  • आइतबार ५०.
  • ७३ र सोमबार ५७.
  • ०३ अंक यो दुई दिनमा सेयर बजार १०७ अंकले घटेको छ।

३१ भदौ , सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ।Worldlink adsआइतबार ५०.७३ र सोमबार ५७.०३ अंक यो दुई दिनमा सेयर बजार १०७ अंकले घटेको छ। सोमबार नेप्से २.१६ प्रतिशतले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ। यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार १० अर्ब ३३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९७ करोड रूपैयाँ कमी आएको हो। आज ३१२ वटा धितोपत्रको एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको हो।सोमबार १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यसदिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार ५०० रूपैयाँ कायम भएको छ।यसैगरी, हिमालयन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५१४ रूपैयाँ २० पैसा पुगेको छ।यस्तै, गुडविल फाइनान्सको मूल्य सर्वाधिक ९.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९४५ रूपैयाँमा झरेको छ।थ्री स्टार हाइड्रोपावरको मूल्य ९.३६ प्रतिशतले घटेको छ।  उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४८ रूपैयाँ कायम भएको छ।सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९५१ रूपैयाँमा ३१ करोड ११ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६३ रूपैयाँमा २७ करोड ४२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.७६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन