‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
५५६ पटक हेरिएको
Shares
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् ।
  • बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।
  •  पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए ।

२१ जेठ, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए । नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पारे । उनले भने, ‘मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।’

नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । ‘महाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन,’ उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।

राणाका अनुसार नयाँ पार्टीका मुख्य विशेषता र एजेन्डाहरू:

राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र
युवा र महिलाको नेतृत्व
सुशासन र रोजगारी
दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ-संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् ‘बलियो राष्ट्रवादी शक्ति’ निर्माण गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
पोखरा महानगरपालिकामा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियारको छापा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी