कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
सारांश
- सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ ।
- बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो ।
- समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिइन् ।
२० जेठ, काठमाडौँ ।
सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो । समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिइन् । उनले यस कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरूलाई समेत समावेश गरिएको स्पष्ट पारिन् ।

बैठकमा निर्णय सार्वजनिक गर्दै सभापति बास्कोटाले भनिन्, ‘समितिको कार्यविधि मस्यौदा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३ माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गरिएको घोषणा गर्दछु । यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौँ ।’

कार्यविधि पारित गर्ने क्रममा बैठकमा उपस्थित सांसदहरूले संवैधानिक आयोगहरूले बुझाउने विभिन्न प्रतिवेदनहरूको पूर्ण कार्यान्वयनका लागि समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्ने र उत्तरदायी बनाउनुपर्ने विषयमा विशेष जोड दिएका थिए ।


प्रतिक्रिया