८० रनमा समेटियो जापान, शुभम खनालले लिए पाँच विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
८० रनमा समेटियो जापान, शुभम खनालले लिए पाँच विकेट

सारांश

  •   एसीसी पुरुष यु१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सस्तैमा समेटेको छ।
  • मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.
  • ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो।

१० असार, काठमाडौं । 

एसीसी पुरुष यु१६ इस्ट जोन कपको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सस्तैमा समेटेको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो। उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ र अर्का खेलाडी गार्बी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि बायाँ हाते स्पिनर शुभम खनालले पाँच विकेट लिँदा फास्ट बलर अभय यादवले दुई तथा सुशिल बहादुर रावल र कप्तान विपिन प्रसाद शर्माले एक-एक विकेट हात पारे। पहिलो खेलमा सिंगापुरलाई छ विकेटले पराजित गरेको नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ