आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

सारांश

  • संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
  • समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।

३ असोज, काठमाडौं ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार
सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा