हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
४९० पटक हेरिएको
Shares
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध

सारांश

  • रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।
  • सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो ।
  • टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

१२ जेठ, रौतहट ।

रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सुमन परियार र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक (प्रनि) प्रमोद खड्काको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी हर्षाहाबाट अन्दाजी ३ किलोमिटर पूर्व—दक्षिणमा पर्दछ ।

यसै गरी, हावाहुरीकै कारण रौतहटको चपुर—गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चोक आसपासमा चपुर९गौर ३३ के।भी। लाइनका ३ वटा पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार खसेको छ । विद्युत् प्राधिकरणले लाइन मर्मतका लागि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटाइसकेको नेपाल विद्युत् प्राधिकरण गौरले जनाएको छ । मर्मत सम्भारको काम सकिएपछि मात्र विद्युत् सेवा पुनः सुचारु हुने भन्दै प्राधिकरणले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना सहित जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
एक सातामा प्रतितोला ३ हजार २ सय घट्यो सुन
एक सातामा प्रतितोला ३ हजार २ सय घट्यो सुन
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
उपप्रमुख डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई
उपप्रमुख डङ्गोलले दिइन नेपालको पहिलो महिला प्रधानमन्त्रीलाइ बधाई