हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
५५१ पटक हेरिएको
Shares
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृ*त्यु, विद्युत् सेवा अवरुद्ध

सारांश

  • रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।
  • सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो ।
  • टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

१२ जेठ, रौतहट ।

रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सुमन परियार र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक (प्रनि) प्रमोद खड्काको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी हर्षाहाबाट अन्दाजी ३ किलोमिटर पूर्व—दक्षिणमा पर्दछ ।

यसै गरी, हावाहुरीकै कारण रौतहटको चपुर—गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चोक आसपासमा चपुर९गौर ३३ के।भी। लाइनका ३ वटा पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार खसेको छ । विद्युत् प्राधिकरणले लाइन मर्मतका लागि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटाइसकेको नेपाल विद्युत् प्राधिकरण गौरले जनाएको छ । मर्मत सम्भारको काम सकिएपछि मात्र विद्युत् सेवा पुनः सुचारु हुने भन्दै प्राधिकरणले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना सहित जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ
असई थमन विक हत्या प्रकरण : उच्च अदालतमा सुनुवाइ
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...