ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
१८० पटक हेरिएको
Shares
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो

सारांश

  • जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा नियमविपरित सञ्चालित सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
  • यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।
  •   ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ।

५ जेठ, काठमाडौं ।

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा नियमविपरित सञ्चालित सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ। यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।  ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ। वैशाख महिनामा २२ सवारीसाधन  दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए।

बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको छ। चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ। ‘मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन जाँच गर्दै आएको छ।’ सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
गोरखामा जिप दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा