मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
४९ पटक हेरिएको
Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

सारांश

  • ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्।
  • उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो।

 

रौतहट ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन । महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र समेत सार्वजनिक भएको थियो।

प्रशासन आफैँले लिखित अनुमति दिएर पनि होटेलबाटै एक्कासि पक्राउ गरेपछि उनका समर्थकहरू तीव्र आक्रोशित बनेका छन्। पक्राउको विरोधमा प्रसाईँका समर्थकहरूलेराती नै वीरगन्जका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन भने सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए । सोमबार वीरगन्जका भिन्न९भिन्न स्थानीय कार्यक्रममा सहभागी भएका प्रसाईँ मंगलबार बिहान वीरगन्जको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरको दर्शन गर्ने तयारीमा थिए। मन्दिर दर्शनपश्चात् उनको अन्य कार्यक्रम तय गरिएको थियो, तर त्यस अगावै प्रहरीले उनलाई होटेलकै कोठाबाट नियन्त्रणमा लियो। यसअघि वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँले यहाँ घर भत्काइएका नागरिकहरूलाई वीरगन्जमा नै स्थायी बसोबासको व्यवस्था मिलाउनुपर्ने तर्क अघि सारेका थिए। पछिल्लो समय उनी वर्तमान सरकार, सरकारका मन्त्रीहरू र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूमाथि विभिन्न राजनीतिक तथा व्यक्तिगत आलोचनासहितका आक्रामक टिप्पणी गर्दै आएका थिए। पक्राउ परेका प्रसाईँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
साढे १ अर्ब क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
साढे १ अर्ब क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर