एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
४४० पटक हेरिएको
Shares
एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्मह*त्या

सारांश

  • सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् ।
  • पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं.
  • ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं.

२९ वैशाख, वीरगन्ज ।

सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए । ‘हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,’ परिवारका एक सदस्यले भने, ‘कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो, ढोका खोलेर हेर्दा उसले तन्नाको पासो लगाएर प्राण त्यागिसकेका थिए ।’

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् । शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाब नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस