भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु

सारांश

  • काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ ।
  • काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृ*त्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
  • बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई शुक्रबार राति राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको ।

७ चैत,काठमाडौं ।

काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृ*त्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई शुक्रबार राति राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको । दुवै जनाको उपचारका क्रममा मृ*त्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
काठमाडौँमा बङ्गलादेशी नागरिकको ह*त्या, एक जना पक्राउ
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !