२६ जेष्ठ २०८२, आईतवार

हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत

१ चैत, सर्लाही। सर्लाहीको हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव ओमप्रकाश महतो हाजिर भएका छन्।


उपसचिव महतो बिहीबार दिउँसो हाजिर भएसँगै नगर प्रमुख गोपाल पन्जियार तथा उपप्रमुख निलमदेवी राय यादव सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले स्वागत गरेका छन्।यसअघि हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत‌ कमल बहादुर कार्की अब जिल्ला समन्वय समितीको कार्यालय मलंगवामा हाजिर भएका छन्।

नगरपालिकामा हाजिर भएपछि उपसचिव महतो सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख महतोले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment